Logo
६ जेष्ठ २०८१, आईतबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीबाहेक मन्त्री र व्यापारिक घरानाको सम्पत्ति खोज्दै विभाग

काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा संलग्न उच्च राजनीतिक व्यक्ति र व्यापारिक घरानामाथि अनुसन्धान थालेको छ।

विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा मुद्दा दायर भएका कर्मचारीबाहेक मन्त्री तथा व्यापारिक घरानामाथि अनुसन्धान थालेको हो।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ लगायतका १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अनुसन्धान अधिकृत तोकेर मन्त्री तथा व्यापारिक घरानाको अनुसन्धान थालेको सम्पत्ति शुद्धिकरकण विभागका महानिर्देशक रुपनारायण भट्टराईले अन्नपूर्ण जानकारी दिए। उनका अनुसार अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातको सम्पत्ति शुद्धिकरणको छानविन भइरहेको छ।

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्