Logo
३१ बैशाख २०८१, सोमबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढ्यो !

पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ ।गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।

पछिल्लो एकमहिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो ।चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्