Logo
१५ चैत्र २०८०, बिहीबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै

युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह)को ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय युवा कविता प्रतियोगिता आयोजना गर्दैछ ।

गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवालाई आफ्ना भावना शब्दमा उनेर कविता सम्प्रेषित गराउन उक्त आयोजना गरिएको हो ।

आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका युवाबाट यही माघ २५ गतेभित्र कविता आह्वान गरिएको समूहका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कविता देशभक्ति भावना, राष्ट्रिय एकता, समृद्ध देश निर्माणका योजना र सकारात्मक भावना सम्प्रेषण गर्ने विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ ।

देशभरबाट सम्प्रेषित कवितामध्ये निर्णायक मण्डलबाट छनोट भएका १०० कविलाई काठमाडौँमा आमन्त्रण गरिनेछ । देशभक्ति भावनामा कलम चलाउने १०० कविको समूह टोखा नगरपालिकाका स्थानीय १५० युवा समाहित गरी फागुन १० गते एक दिवसीय ‘राष्ट्रिय युवा कार्यशाला’ आयोजना गरिनेछ ।

युवामा सकारात्मक भावनाको अभिवृद्धि गराउने र देशको अवस्था जानकारी गराउने हेतुले कार्यशालामा देशका विशिष्ट विज्ञबाट ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी तीन शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछन् भने युवाले प्रत्यक्ष अन्तक्र्रिया गर्नेछन् ।

तत्कालीन टोखा चण्डेश्वरी-२ ९साविक टोखा नगरपालिका वडा नं २० मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो । जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व पद्मरत्न तुलाधरबाट विसं २०४१ साल भदौ १ गते भएको थियो ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्