Logo
६ बैशाख २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रराज अस्पतालमा क्यू व्यवस्थापन मेसिन जडान

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट मेसिन जडान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेसिन जडान गरिदिएको जनाएको छ । अस्पतालको ८६औं वार्षिकोत्सव समारोहबीच अघिल्लो शुक्रबार प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उक्त मेसिन उद्घाटन गरेको बैंकले जनाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोग सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्यूनीकरण गर्ने उद्देश्यले बैंकले क्यू म्यानेजमेन्ट उपकरण जडान गरिदिएको हो ।

यो बैंकले १०२ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्