Logo
३१ असार २०८२, मंगलबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका १५ दिनसम्म बन्द

उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले, केरुङतर्फ जाने सडकमा हिउँ परेकाले, ढुंगा खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्व भएकाले नाका बन्द गरिएको गुल्मपति थापाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्