Logo
३१ भाद्र २०८१, सोमबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब मोबाइलबाटै भन्सार जाँचपास होला त प्रभावकारी ?

भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ ।

भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले शुरू गरेको हो ।

 

आइतबार ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले उक्त एप्स सार्वजनिक गरेका हुन् । ‘आसिकुडा मोबाइल क्लाइन्ट’ नाम दिइएको उक्त एप एन्ड्रोेइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ ।

यो एप सर्वसाधारणले भने प्रयोग गर्न पाउने छैनन् । भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ । कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए। भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उनले बताए।

 

सम्बन्धित कर्मचारीले मात्र हेर्न सक्ने यो एपमा प्रज्ञापनपत्रको सूची, सवारीको प्रवेश रुट, प्रणालीले तोकेको जाँचकी परिवर्तन जस्ता काम गर्न सकिन्छ । त्यस्तै जाँचपास सकिएपछिको जानकारी, हरियो मार्गमा पठाउने आदेश, जाँचपासपछि सवारीलाई बाहिर पठाउनका लागि सूचना दिने जस्ता काम एपमार्फत नै गर्न सकिने विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्