Logo
४ आश्विन २०८१, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्निप्रसाद सापकोटा विरुद्धको सुनुवाइ स्थगित, सभामुख बन्‍ने निश्चित

प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने निश्चित जस्तै भएको छ।

सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा सभामुख बन्ने निश्चित भएको हो।

आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि करिब ४ महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो। आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो।

सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सवोच्वमा विचाराधीन छ। सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ।

 

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्