Logo
२७ असार २०८२, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्नि सापकोटा : संसदबाट सभामुख घोषणा, सर्वोच्चमा हत्या मुद्दाको सुनुवाइ

सभामुख चयनका लागि आज (आइतबार) प्रतिनिधिसभामा निर्वाचन हुँदै छ।

गत असोज १४ गतेदेखि सभामुखविहीन संसद्मा आज निर्वाचत प्रक्रियामार्फत सभामुख चयन गर्न लागिएको हो।

संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका कारण तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएयता संसद् सभामुखविहीन छ।

आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख उम्मेदवार अग्नि सापकोटालाई निर्वाचन गराउने प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ।

माघ ७ गते सभामुख पदको उम्मेदवारी मनोनयनको समयमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत बनेका छन्। तर, निर्वाचन प्रक्रियामै लगेर सभामुख घोषणा गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार चुनावी प्रक्रिया अघि बढाउन लागिएको संसद् सचिवालयले जनाएको छ।

यसैबीच द्वन्द्वपीडित मुद्दाका आरोपित सापकोटालाई सभामुखको उम्मेदवार बनाएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वाेच्च अदालतमा दायर गरेको रिटको सुनवाइ पनि आजै हुँदै छ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासमा रिटको सुनुवाइ हुने सर्वाेच्चले जनाएको छ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्