Logo
२३ भाद्र २०८१, आईतबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतावासद्वारा १४ नेपालीलाई ५.९६ करोडसहित सम्मान, ३० एम्बुलेन्स र ६ वटा बस वितरण

भारतका कार्यवाहक राजदूतले १४ जना नेपालीलाई ५.९६ करोड रुपैयाँ नगदसहित सम्मान गरेका छन् । कार्यवाहक राजदूत डा. अजय कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई ५.९६ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गर्दै सम्मान गरेका छन् ।

भारतीय राजदूतावास, काठमाडौंले आइतबार भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो ।

त्यस्तै विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० पटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।

नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याउँदै राजदूतावासले नेपालका उक्त सहयोग गरेको हो ।

सो अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ ।

अहिलेसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स तथा १ सय ५४ बस प्रदान गरेको छ ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्