Logo
१५ आश्विन २०७७, बिहीबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता

वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ ।

सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो ।

सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुनुहुन्छ ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्