Logo
२० बैशाख २०८१, बिहीबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दीपुर दौड प्रतियोगिताको उपाधि काठमाडौँका यादवलाई

तनहुँको बन्दीपुर गाउँपालिकाले आज आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जितेका छन् ।

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जितेका हुन।

बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको आठ किमी दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेको हो ।

प्रतियोगितामा ओेखलढुङ्गाका अनिल कार्की द्वितीय भएका छन् । उहाँले उक्त दूरी ३९ मिनेट १६ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा प्रथम र द्वितीय हुने धावकले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गरे ।

आन्तरिकतर्फको दौडमा बन्दीपुर-१ निवासी चन्द्रकुमार सुनार प्रथम र वडा नं २ निवासी रविन गुरुङ द्वितीय भए ।

उनीहरुले क्रमशः उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड र ४६ मिनेट ३७ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा खुल्ला र आन्तरिक गरी ३० धावकको सहभागिता रहेको थियो ।

विजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले पुरस्कार वितरण गरे ।

सो अवसरमा मन्त्री लम्सालले खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

पर्यटनबाट समृद्धि सम्भव रहेको चर्चा गर्दै उहााले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित दौड आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाले सोही अवसरमा एकल पुरुषलाई सिरकसमेत वितरण गरेको छ । गत वर्ष एकल महिलालाई सिरक वितरण गरेको गाउँपालिकाले यो पटक ७० वर्ष उमेर कटेका ६०० एकल पुरुषलाई सिरक वितरण गरेको हो ।

बन्दीपुरलाई पर्यटनका माध्यमबाट परिचित गराउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

गाउँपालिकाले गत वर्ष वडा नं ४ विमलनगरस्थित सिद्धगुफाभित्र टेवलटेनिस प्रतियोगिता र कविता वाचन प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्