Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस : यस्ता छन् मनतातो पानी पिउनको स्वास्थ्य फाइदा

हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन।

साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ ।

यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ । स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ ।

– मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानी पिउनाले शरीको रक्तसञ्चार चुस्त हुन्छ र रगतसँग जोडिएका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानी पिउनाले शरिरको मोटोपन कम गर्न मद्धत गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– मनतातो पानीको प्रयोगले छालामा आउने डण्डिफोर, फुस्रोपनालाई कम गर्न मद्धत गर्छ र छालालाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– शरिरबाट पसिना निस्कनुलाई राम्रो मानिन्छ । पसिना निस्कँदा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् र पसिनाको उचित निष्कासनका लागि मनतातो पानी फाइदाजनक हुन्छ । (एजेन्सी)

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्