सार्वजनिक यातायातहरुमा छड्के अनुगमन, चालकलाई १८ बुँदे सुझाव
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूले सार्वजनिक यातायातहरुमा छड्के अनुगमन गरेका छन् ।
एसएसपी ढकालको टोलीले सुन्धारामा शुक्रबार भाडाका २३ वटा सार्वजनिक सवारी साधनहरुमा अनुगमन गरेको ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
अनुगमनका क्रममा अनुगमन टोलीले भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई १८ बुँदे सुझाव पनि दिएको छ ।
सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्या्दित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले ती सुझावहरु गर्न जरुरी रहेको एसएसपी ढकालले बताए ।