Logo
१५ चैत्र २०८०, बिहीबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमपातका कारण विद्युत सेवा अवरुद्ध हुदाँ एक सातादेखि हिमाली जिल्ला बझाङ अन्धकार

काठमाडौं : हिमपातका कारण विद्युत र नेपाल टेलिकमका सेवा अवरुद्ध भएपछि सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ एक सातादेखि अन्धकार बनेको छ ।

हिमपात भएलगत्तै जिल्लाका नेपाल टेलिकमका सम्पुर्ण नेटवर्कहरु अवरुद्ध भएका छन् । गत साताकोे मंगलवारदेखि लगातार जिल्लाका बिभिन्न स्थानमा हिमपात भएपछि नेपाल टेलिकमको सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

हिमपातसँगै विद्युतका तार चुटिएपछि केन्द्रिय प्रसारण लाइन जोडिएका जिल्लाका सम्पुर्ण स्थानहरु अन्धकार बनेको जयपृथ्वी नगरपालिकाका चन्द्र सिंहले बताए ।

उनले भने हिमपात ले गर्दा नेपाल टेलिकमका सिडिएमए, स्काई, नमस्ते, ल्यान्डलाइनका नेटवर्कले काम गर्न छोडेको छ ।

टेलिकमका नेटवर्कहरु ले काम नगरेपछि जिल्लाका सम्पुर्ण बैंकहरुको कारोबार पनि ठप्प भएको छ । हिमपातले गर्दा ठाउँ ठाउँमा विद्युतका पोलहरु ढलेको हुँदा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ बितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले बताए ।

विद्युत अवरुद्ध भएको दिनदेखि कर्मचारीहरु लगातार मर्मतको काममा खटिरहेकोले केहि दिनमा नै विद्युत सुचारु हुने उनको भनाइ छ ।

मौसम खराब भए बन्द हुन्छ बिजुली, निराशामा बझाङबासी

केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब हुनासाथ विजुली जाने भएपछि निरास भएका छन् ।

जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा बन्द हुने भएपछि जिल्लाबासीहरुमा निराशा छाएको हो ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्