Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व असुलीमा अर्थमन्त्री कति सफल ?

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत वर्ष मंसिरसम्म ३ खर्ब ८ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार मंसिर मसान्तसम्मको शिर्षगत आम्दानी भने भन्सार महसुल मार्फत ६५ अर्ब र भ्याट मार्फत १ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको छ ।

यसै गरि आन्तरिक राजश्व ४३ अर्ब, सामान पैठारी मार्फत ६२ अर्ब, अन्तशुल्क ५३ अर्ब रुपैयाँ, आयकर मार्फत ५४ अर्ब, अन्य कर मार्फत ९ अर्ब रुपैयाँ गरेर कर राजश्व मार्फत २ खर्ब ८८ अर्ब रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, गैरकर राजश्व मार्फत भने २९ अर्ब संकलन गरेको हो । सबै गरेर ३ अर्ब १८ अर्ब रुपैयाँ संकलन गरेको छ । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य समेत राखेको छ । समग्रमा हेर्दा अर्थमन्त्री सफलताको बाटोमा हिडेकाेे तथ्यांकले देखाउछ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्