Logo
५ जेष्ठ २०८१, शनिबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्‍वकै कान्छी प्रधानमन्त्री सान्नाको योजना : ४ दिनको हप्‍ता, ६ घण्टा काम

फिनल्याण्ड : फिनल्याण्डमा विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा नवनिर्वाचित सान्ना मरिनले लचिलो कार्यतालिकाको योजना ल्याएकी छन् ।

३४ वर्षीया प्रधानमन्त्री मरिनले चार दिनको हप्ता र दिनमा ६ घण्टा काम गर्नुपर्ने नयाँ कार्यतालिका अघि सारेकी हुन् । सान्नाले भनेकी छन्, कामदारहरुले आफ्नो परिवारसँग धेरै समय बिताउन् ।

चारदलीय गठबन्धन सरकारको नेतृत्व गर्दै गत महिना सान्ना प्रधानमन्त्री बनेकी हुन् । उनीसँगै गठबन्धनका चारै दलका नेता महिला छन् ।

जसमध्ये तीनजना ३५ वर्षमुनिका छन् ।सन्नाले भनिन्, जनताहरु आफ्नो परिवार, प्रीयजन, चाहना, संस्कृति लगायत जीवनका अन्य पक्षहरुसँग समय बिताउन योग्य छन् भन्नेमा म विश्वस्त छु ।

फिनल्याण्डमा सातामा पाँच दिन काम गर्नु र दिनको आठ घण्टा काम गर्नु सामान्य मानिन्छ । फिनिस नागरिकलाई थोरै काम गर्ने नियम भएमा उपलब्धिपूर्ण हुने प्रधानमन्त्री सान्नाको तर्क रहँदैआएको छ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्