Logo
५ जेष्ठ २०८१, शनिबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका-इरानबीच खतरनाक युद्धको खतरा : विश्वभर तेलको मूल्यमा सिधा असर पर्ने

विश्वभर असर पर्नेगरी अमेरिका र इरानबीच युद्धको खतरा बढ्दै गएको छ । अमेरिकाले इरानका उच्च सैनिक कमाण्डर कसिम सोलेमानीलाई बगदादमा ड्रोन हमला गरी मारिदिएपछि तनाव बढेको हो ।

अमेरिकी हमलामा सोलेमानी मारिएपछि इरानले यसको उचित समयमा जवाफ दिने धम्की दिएको छ । यो आफैमा गम्भीर विषय बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो निर्देशनमा सोलेमानीसहित पाँच सैन्य अधिकारी मारिएका थिए । ट्रम्पले सोलेमानीले धेरै अमेरिकीको ज्यान लिएको र दिल्लीसम्म आतंकवादी गतिविधि चलाएको आरोप लगाए ।

इरानका प्रमुख नेताका सैन्य सल्लाहकार मेजर जनरल होसेन डेगानले सीएनएनसँगको अन्तवार्तामा सोलेमानीको हत्याको जवाफ सैन्य कदमबाट दिने चेतावनी दिए ।

अमेरिकाको सैन्य क्षेत्रमा आक्रमण गर्ने उनको चेतावनी थियो । एक अर्कामाथि सैन्य कारबाही गर्ने अमेरिका र इरानको चेतावनीपछि मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ ।

इरानले खाडीको समुन्द्रमा जहाजहरुलाई अवरोध गर्ने अवस्था आउन सक्छ । यसबाट क्रिया प्रतिक्रिया हुँदा युद्धको खतरा बढ्न सक्छ ।

यसअघि साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा गरिएको ड्रोन हमलामा इरानमाथि आरोप लागेको थियो । तर, उसले यसलाई अस्वीकार गरेको थियो ।

पछिल्लो विकसित घटनाक्रमले अमेरिका र इरानले खतरनाक युद्ध गर्न सक्ने भय सृजना भएको छ । यसले विश्वभर तेलको मूल्यमा सिधा असर पर्न सक्छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्