Logo
१२ बैशाख २०८१, बुधबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखु किसानहरुद्वारा सञ्चार जगत् समेत सामाजिक संघसंस्थाहरुप्रति आभार ब्यक्त

काठमाण्डौमा आइ आन्दोलन गरेका उखु किसानहरुले सञ्चार जगत् समेत सामाजिक संघसंस्थाहरुप्रति आभार ब्यक्त गरेका छन् । प्रदेश २ स्थित सर्लाहीका किसानहरुले लामो समयसम्म संघीय राजधानी काठमाण्डौमा आइ आन्दोलन गरेका थिए ।

 

हेर्नुस् विज्ञप्ती :

वर्षौंदेखि पीडित हामी उखु किसानहरुको समस्या समाधानका लागि “न्यायका लागि संघर्ष” गर्दै काठमाडौंको माइतिघर मण्डलामा आइपुग्दा हामी किसानहरुको संघर्षमा प्रत्यक्ष/अप्रत्यक्ष साथ दिनु भएका सञ्चार जगत्, सामाजिक संघसंस्था, नागरिक समाज, राज्यका प्रतिनिधिलगायत सम्पूर्ण पक्षलाई हृदयदेखि आभार प्रकट गर्छौं ।

तपाइँहरुको सहयोग र सद्भावबाट मात्र हामी उखु किसानहरुको संघर्ष सम्भव भएको छ । तपाइँ सबैको सक्रिय सहयोग, सहभागिता र दबाबकै कारण सरकारले लिखित सहमति गरेको कुरामा दुईमत छैन ।

सरकारले गरेको सम्झौताबमोजिम २०७६ माघ ७ गतेसम्म हामी उखु किसानहरुले आआफ्नो हिसाबबमोजिमको नगद प्राप्त गर्ने विश्वास बोकेका छौं । सम्झौतामाथि निगरानी र लागू गर्न थप सहयोग गरिदिन सबै पक्षलाई आग्रह गर्दछौं ।

……………………..

हरिश्याम राय

सचिव

उखु किसान संघर्ष समिति, सर्लाही–४

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्