Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा, तोलाको ७५ हजार ५ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । यस्तै तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो ।

इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए ।

बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चाँदीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्