Logo
३ माघ २०८१, बिहीबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई ठाँउमा कांग्रेसको बैठक : सानेपामा देउवा, महाराजगन्जमा विरोधी खेमा, जिल्ला सभापति भेला आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किदै जाँदा बैठक पनि क्रमशः अलग-अलग भएको छ। सभापति शेरबहादुर देउवाले ‘केन्द्रीय समिति’ बैठक सानेपामा जारी राखेको बेला सो बैठक बहिस्कार गर्ने समूहले भने महाराजगन्‍जमा अलग ‘केन्द्रीय समिति’ जारी राखेका छन्।

सानेपाको बैठक देउवाले नेतृत्व गरिरहेका छन, जहाँ उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का र प्रकाशमान सिंहलगायतका नेता उपस्थित छन्।

सभापति देउवाले सो बैठकबाट राष्ट्रियसभाको उम्मेदवार चयन गर्ने सम्भावना थियो । सभापति देउवाले १ बजेका लागि बोलाएको सो बैठक ३ बजेपछि मात्रै सुरु भएको थियो, जहाँ देउवाविरोधी खेमाको उपस्थित भएन ।

देउवाले बोलाएको बैठक बहिस्कार गरेका विरोधी खेमाको बैठक भने महामन्त्री शशांक कोइरालाको महाराजगन्‍जस्थित निवासमा बैठक बस्यो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, प्रकाशमान सिंहलगायतका नेता उपस्थित रहेका छन्। ‘पुस २१ गते बोलाइएको जिल्ला सभापतिको भेलाको तयारीका लागि उक्त बैठक बोलाइएको हो’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने।

फाइल तस्विर

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

यसैबीचको आज बसेको केन्द्रिय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एजेण्डाका साथ बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई जिम्मेवारी दिएको केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिए ।

लेखकले भने,‘आज बसेको केन्द्रिय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको छ ।’

देउवाविरोेधी खेमाद्वारा जिल्ला सभापति भेला आह्वान

यसैगरी सभापति देउवाको निर्णयको खिलाफमा रहेका असन्तुष्ट समूहले पुस २१ गते जिल्ला सभापतिको भेला आव्हान गरेका छन्।सभापति देउवाले आज १ बजेका लागि बोलाएको बैठक बहिस्कार गरेका असन्तुष्ट समूहले पुस २१ गते हुने जिल्ला सभापति भेलाका तयारीका लागि आवश्यक निर्णय लिनेछन्।

असन्तुष्ट समूहका केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार पुस २१ गते हुने जिल्ला सभापतिको भेला परामर्शमा केन्द्रित हुनेछ।

गत पुस ११ गते सभापति देउवाले ‘बहुमतको बलमा विधान मिचेर निर्णय लिएको’ भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतले केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका छन्। गत मङ्सिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको उक्त समूहलाई ‘इग्नोर’ गरेर सभापति देउवाले बहुमतका आधारमा २०७७ फागुन ७ मा महाधिवेशन गर्नेलगायतका निर्णय गरेका थिए।

क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरेर देउवाले निर्णय लिएको भन्दै निरन्तर उक्त समूहले बैठक बहिस्कार गर्दै आएका छन्।

राष्ट्रियसभा सदस्य चयनका लागि भन्दै सभापति देउवाले बोलाएको बैठक बहिस्कार गरेको उक्त समूहले पुस २१ गते जिल्ला सभापतिहरूको अलग्गै भेला बोलाएको हो।

‘जबसम्म निर्णय सच्याइदैन, सभापतिले बोलाएको कुनै पनि बैठकमा जान्नौं’ सिंहले भन्दै आएका छन्। देउवाको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि गर्ने घोषणा गरेको उक्त समूहले पहिलो पटक सभापति भेला आव्हान गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने उक्त भेलामा पौडेल, कोइराला, सिटौला र सिंह निकट जिल्ला सभापतिहरू आउनेछन्।

 

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्