Logo
२९ असार २०८२, आईतबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC र सीमा विवादको विषयमा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ : प्रकाश पन्थ

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै पन्थले एमसीसी परियोजनाका विष्यायमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे ।

‘‘यसको विषयाय चर्चा र विवादहरु भइरहेका छन् । सरकारले आफ्नो धारणा स्पष्ट गरेको छैन् । सरकरको स्पष्ट धारणा के हो । सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । र संसदीय अभ्यास के हो चाँडो सुरु होस’’, उनले भने ।

पन्थले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे । ‘मन्त्रीहरुले आ-अफ्नो तरिकाले धारणा दिनुभएको छ । तर सरकाले अझै यो विषयमा स्पष्ट धारणा दिन सकेको छैन् । हामी कहाँ पुगेन् ।’ उनले भने ।

कानुन नै संशोधन गरी नेपाल ट्रष्टको जग्गा भाडामा दिने काम भएरहेको प्रति आपत्ति जनाउँदै उनले अहिलेसम्म भएका निर्णय खारेज गर्दै सरकारले चित्ता बुझ्दो जवाफ दिन माग गरे । साथै उखु किसानको समस्या चाँडो समाधान गर्न पनि माग गरे ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्