Logo
२३ असार २०८२, सोमबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘वि.सं. र नेपाल सम्वतलाई सांस्कृतिक क्यालेन्डर बनाएर इस्वी सम्वतलाई मुख्य क्यालेन्डर बनाउनुपर्छ’

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले विक्रम सम्वतको विकल्पमा इस्वी सम्वतलाई प्रमुख क्यालेण्डर मान्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

इस्वी सम्वत २०२० सुरु भएपछि ट्विट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले हाल प्रचलनमा रहेका विक्रम सम्वत र नेपाल सम्वतलाई सांस्कृतिक क्यालेन्डर बनाएर इस्वी सम्वतलाई मुख्य क्यालेन्डर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले यदि इस्वी सम्वतलाई मुख्य क्यालेन्डर नमान्ने हो भने नेपाल पछि पर्ने तर्क पनि गरेका छन् ।

भट्टराईले इस्वी सम्वतलाई प्रशासनिकरआर्थिक क्यालेन्डर बनाउन नसकेमा विदेशी लगानी, पर्यटन वर्ष र समृद्धि गफमात्रै हुने जिकिर गरेका छन् ।

‘यसो गरे कसो होला ? नेपालमै जन्मेको ‘नेपाल सम्वत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्वत्’लाई सांस्कृतिक क्यालेण्डर बनाऊँ’, उनले भनेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिकरआर्थिक क्यालेण्डर बनाऊँ! नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष यी सम्धीका गफ मात्रै होलान् है !’

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्