Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा स्तरिय फुटबल खेलमा वार्ड नं ७ र ४ बिच फाइनल खेल हुने

शिव भट्टराई/बिपि अध्ययन प्रतिष्ठान नेपाल नगर खेलकुद कार्यसमिति सुन्दरहरैचाको आयोजनामा पौष ६ गते आईतबार बाट सुरु गरिएको वडा स्तरिय नकाउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा वार्ड नं ७ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। स्थानिय खेलाडी लाई फुटबल मा स्तरिय बनाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म समाबेश गराउने उदेश्य का साथ सुन्दरहरैचा वाड नं ७ गाछियामा रहेको सजिलाल मा वि को खेल मौदानमा आयोजना गरिएको सो फुटबल प्रतियोगितामा सुन्दरहरैचा नगरपालिका का १२ वटै वार्ड का १२ टिम सहभागी भएका थिए।

मंगलबार भएको सेमी फाइनल खेलमा वडा नम्बर ३ र ७ बीच कडा प्रतिश्पर्धा भएको थियो।खेलमा ० का बिरुद्ध १ गोल गर्दै वाड नं ७ ले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ भने आज को खेल मा वार्ड नं ७ कै जर्सी नं ५ खेलाडी विवेश लिम्बु लाई म्यान अफ द म्याच घोषित गर्दै सो लाई वार्ड नं ७ का वडाध्यक्ष चैतन्य सिटौला द्वारा पुरस्कार प्रदान गरिएको थियो।

खेलमा अब वार्ड नं ७ र वार्ड नं ४ बीच फाइनल खेल हुने भएको र फाइनल खेलको मिति पछि घोषणा गरिने आयोजक समितिका उपाध्यक्ष नवीन बरालले बताएका छन्।
त्यस्तै प्रतियोगिताको उपाधी विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २६ हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका सञ्चालक सरोज दाहालले बताएका छन्।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्