Logo
९ माघ २०८१, बुधबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुगर्स मिलका सञ्चालक तथा कांग्रेस सांसद कनोडिया उखु किसानको २१ करोड तिर्न तयार

उद्योग मन्त्रालय पुगेर मागे एक साताको समय

गृहमन्त्रालयले पक्राउ गर्न पत्र काटेपछि महालक्ष्मी सुगर्स मिलका सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडिया उद्योग मन्त्रालयमा उपस्थित भएका छन्।

उनी सञ्‍चालक रहेको महालक्ष्मी सुगर्स मिलले उखु किसानलाई २१ करोड रुपैयाँ नतिरेपछि कृषि र उद्योगमन्त्रालयको पत्रानुसार मंगलबार गृहमन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो।

गृहले पत्र काटेको थाहा पाएलगत्तै उनी किसानको सबै रकम तिर्न तयार भएको भन्दै उद्योग मन्त्रालयमा पुगेका थिए। उद्योगमन्त्री लेखराज भट्टले किसानको २१ करोड रुपैयाँ एकसातामा तिर्ने कबुल कनोडियाले गरेका छन्।

‘प्रदेश ५ को सांसदसमेत रहेका मिल मालिक केडियाले मन्त्रालय आएर किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका छन्’, भट्टले भने, ‘अन्य उद्योगीले पनि किसानको बसै वक्यौता तिर्ने भन्दै सम्पर्क गरिरहेका छन्।’

मन्त्री भट्टका अनुसार किसानको वक्यौता तिर्ने वाचासहित अर्का उद्योगी पनि मन्त्रालयमा आइपुगेका छन्। श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल पनि किसानको रकम तिर्ने वाचासहित मन्त्रालयमा पुगेका छन्।

उनीहरु सञ्चालक रहेको श्रीराम सुगर मिलले किसानको करिब ४२ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। ६ वर्षयताको रकम नपाएपछि उखु किसानहरु सातादेखि कामाडौंमा आन्दोलित भएपछि सरकारले कारवाही अघि बढाएको हो।

गृह मन्त्रालयले उखु किसानहरुको बक्यौता नतिर्ने मिल मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको थियो।

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माका अनुसार कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

‘हामीलाई बक्यौता नतिर्ने मिल मालिकबारे कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र प्राप्त भएको छ’, शर्माले भने, ‘उक्त पत्रका आधारमा गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर उखु किसानको वक्यौता भुक्तानी नगर्नेहरुलाई खोजेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार भनेका छौँ।’

उखु किसानको रकम नतिर्ने मिल मालिकलाई पक्रन पत्र

यता, सरकारले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नगर्ने चिनी मिल मालिकलाई पक्राउ गर्न पत्राचार गरेको छ।

गृहमन्त्रालयले गृह मन्त्रालयले उखु किसानहरुको बक्यौता नतिर्ने मिल मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको हो।

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माका अनुसार कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

‘हामीलाई बक्यौता नतिर्ने मिल मालिकबारे कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र प्राप्त भएको छ’, शर्माले भने, ‘उक्त पत्रका आधारमा गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर उखु किसानको वक्यौता भुक्तानी नगर्नेहरुलाई खोजेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार भनेका छौँ।’

उखु किसानको वक्यौता भुक्तानी नदिने श्रीराम, अन्‍नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र बागमती सुगर मिलका मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा बुझाउन गृहले निर्देशन दिएको हो। यी मिलका सञ्चालकले उखु किसानलाई एक अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। चिन मिल मालिकहरुले सर्लाहीसहितका जिल्लाका किसानको ६ वर्षदेखिको वक्यौता भुक्तानी नगरेका हुन्।

किसानको वक्यौता भुक्तानी नदिएर ठगी गरेको अभियोगमा यसअघि पनि पक्राउ गर्न खोजिएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दै तत्कालीन उद्योगमन्त्री मातृका यादवले गुनासो गरेका थिए । उनले प्रधानमन्त्रीले हस्तक्षेप गरेकै कारण कारवाही गर्न नसकेको सार्वजनिक अभिवयक्ति दिएका थिए।

मन्त्री यादवले मिल मालिकहरुलाई पक्राउ गरेर ठगी मुद्दा चलाउन खोज्दा प्रधानमन्त्रीको कार्यालयबाट भएको हस्तक्षेपले उक्त प्रयास रोकिएको थियो। मिल मालिकहरुले त्यही बेला रकम भुक्तानीको प्रतिवद्धता जनाए पनि अहिलेसम्म दिएका छैनन्। त्यही कारण किसानहरु काठमाडौंमा आएर आन्दोलित हुन बाध्य छन्।

आफूहरु ऋणमा डुबिसकेको बताउँदै उनीहरुले रकम भुक्तानी नपाए आत्महत्या गर्ने चेतावनी दिइसकेका छन्। किसानहरुले माइतीघर मण्डलमा उत्रिएर आन्दोलन गरेपछि कृषि मन्त्रालयले पत्र गृहलाई पत्र लेखेर मिल मालिकहरुलाई पक्राउ गरिदिन आग्रह गरेको थियो।

 

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्