Logo
१८ भाद्र २०८२, बुधबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा

प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा नै तोक्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने नेकपाले निर्णय गरेको छ।

आइतबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।

प्रदेश ३ मा सत्तारुढ नेकपाकै सांसदहरु नाम र राजधानीका विषयमा विभाजित छन्।

कतिपय सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई नै राजधानी तोक्न चाहेकाले यसमा ढिलाइ भएको आरोप लगाउँदै आएका थिए। मुख्यमन्त्री पौडेलले भने यसको निर्णय पार्टी केन्द्रबाबाटै हुनुपर्ने बताएका थिए।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्