Logo
२३ असार २०८२, सोमबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आखिर के ले बढाउँदैछ यतिधेरै चिसाे ? थाहा पाउनुहोस्

वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो जेटस्ट्रिमको प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो ।

भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।

पृथ्वीको सतहबाट १०-१२ किमि उचाइभन्दा माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने बताउँदै मौसमविद् समिर श्रेष्टले भने, ‘जेटस्ट्रिम अहिले सामान्य अवस्थाभन्दा केही बढी दक्षिणतर्फ सरेकाले धेरै ठाउँको तापक्रम घट्दो छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्