Logo
२२ बैशाख २०८१, शनिबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०० भन्दा बढी यात्रु चढेको विमान दुर्घटना : विमानमा आगो लागेन, १४ जनाको मृत्यु

१०० भन्दा बढी यात्रु चढेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । काजकिस्तान स्थित बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

दुर्घटनामा १४ जनाको मृत्यु भएको विमानस्थलका अधिकारीले जानकारी दिएका छन् ।

आपतकालीन उद्धारकर्मीहरु अहिले घटनास्थल छन् ।

दुर्घटनामा कम्तीमा ३५ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

घाइते मध्ये ८ जना बालबालिका छन् ।

दुर्घटनापछि विमानमा आगो लागेको थिएन । घटनास्थलमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । उक्त विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूर-सुल्तानको लागि यात्रा गर्दै थियो।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले पीडितका आफन्तप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्