Logo
२ जेष्ठ २०८१, बुधबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस १५ मा सकिने भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अझै ३ महिना लाग्ने

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ ।

निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप गर्न माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।

निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरुको आधारमा ३ महिनाभित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकाले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन् ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्