Logo
४ भाद्र २०८२, बुधबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख बन्ने अडान शिवमाया, तर नेम्वाङको पक्षमा ओली

नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ ।

आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् ।

भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन् । निर्णय गर्ने ठाउँमा रहेका अध्यक्षद्वयले नै आ-आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्