ओली-प्रचण्डका कारण उपसभामुख तुम्बाहाङ्फेले पछि सारीन् राजीनामाको विषय
उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले शुक्रबार मात्रै पदबाट राजीनामा दिने भएकी छन्। नेकपाका दुई अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच नै सभामुखको विषयमा के गर्ने भनेर बिहीबार दिउँसोसम्म सहमति नै नभएको अवस्थामा देखाउँदै उपसभामुख तुम्बाहाङ्फेले राजीनामाको विषयपछि सारेकी हुन्।
आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद छ। सभामुख पद रिक्त भएपछि उपसभामुख पनि रिक्त गराउन उनको राजीनामा दिएर सभामुख उपसभामुखको निर्वाचन गराइन लागेको हो।
तुम्बाहाङ्फेले अध्यक्षद्वयबीच सहमति भएपछि मात्रै राजीनामा दिने उनीनिकट स्रोतले जनाएको छ ।‘सभामुखको विषयमा दुई अध्यक्षहरुबीच सहमति भैसकेको छैन। अध्यक्षहरुबीच सहमति भएपछि मात्रै उहाँले राजीनामा दिनुहुन्छ’ स्रोतले भन्यो, ‘त्यसैले राजीनामा शुक्रबार छिटै आउन सक्छ।’ यसअघि उपसभामुख तुम्बाहाङ्फेले हिउँदे अधिवेशनको दोस्रो बैठक अगावै राजीनामा दिने बताएकी थिइन्। प्रतिनिधिसभाको दोस्रो बैठक शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।
अध्यक्षद्वयबीच सभामुख चयनका विषयमा बिहीबार साँझसम्म छलफल हुने र त्यसमा कुनै सहमति हुने सूचना पाएर उनले राजीनामा दिने समय एक दिन पर सारेको स्रोतको भनाई छ।
कानुनी र संवैधानिक कारण एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने प्रावधान छ। जसकारण उपभामुख डा, तुम्बाहाङ्फेले राजीनामा दिएर निर्वाचनको बाटो खोलिदिन लागेकी हुन्।