Logo
८ माघ २०८१, मंगलबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख चयनका लागि बालुवाटारमा ओली-प्रचण्डबीच दुई घन्टा लामो छलफल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सोमवार बिहान दुवै अध्यक्षको भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार भेटमा स्थायी कमिटीको आइतवार सकिएको बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी), सभामुख चयन लगायका विषयमा कुराकानी भएको हो । ‘दुई अध्यक्षबीच समाभुख चयन, एमसीसी र स्थायी कमिटी बैठकका बारेमा छलफल भएको छ’ स्रोतले भन्यो,‘विशेष गरि सभामुख चयनमा भेट केन्द्रीत भएको थियो ।’

संसदको हिँउदे अधिवेशन शुरु भएसँगै नयाँ सभामुखको चयन गर्नुपर्ने भएको छ । उपसभामुख शिवमाया तुम्वाहाङफेलाई राजीनामा गराएर नेकपाले सभामुख चयनको तयारी गरेको छ । नेकपाले सभामुख सुवास नेम्वाङलाई बनाउने तयारी गरेको स्रोतको दावी छ ।

दुई घन्टा लामो छलफलका क्रममा सभामुख चयन, शिवमायाको व्यवस्थापन लगायको विषयमा छलफल भएको थियो । प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सार्न खोजेपनि ओली भने नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् ।

 

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्