Logo
५ जेष्ठ २०८१, शनिबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका पूर्व प्रहरी अधिकारीलाई हिंस्रक प्रदर्शनको मामलामा जेल सजाय

भारतको उत्तर प्रदेशका प्रहरीले लखनाउमा भएको हिंस्रक प्रदर्शनको घटनामा गत १९ डिसेम्बरमा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ ।

१९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।हजरतगंजको पुलिस क्षेत्राधिकारी अभय कुमार मिश्रले यसबारे बीबीसी हिन्दीसँग कुराकानी गरेका छन् ।

उनले भने, ‘एस आर दारापुरीलाई हिंसा भड्काएको र षड्यन्त्र रचेको मामलामा धारा १२० बी अनुसार पक्राउ गरेर जेल पठाइएको छ ।

उनलाई शुक्रबार नै हिरासतमा नै लिइएको थियो र शनिबार जेल पठाइएको थियो । यो मामलामा गिरफ्तारीको क्रम अहिले जारी छ ।’

१९ डिसेम्बरमा नागरिकता संशोधन कानूनविरुद्ध थुप्रै संगठन र राजनीतिक दलले प्रदर्शनको आह्वान गरेका थिए । देशका विभिन्न इलाकामा भएको प्रदर्शनको क्रममा थुप्रै स्थानमा हिंसा भए र कति जना मारिएका पनि छन् ।

लखनउमा पनि परिवर्तन चोकमा प्रदर्शनको क्रममा वरिपरिको इलाकामा हिंसा भएको थियो । जसमा एक व्यक्तिको मृत्यु भयो भने धेरैजना घाइते भएका थिए ।

घाइते हुनेमध्ये प्रदर्शनकारीबाहेक थुप्रै पुलिसकर्मी र मिडियाका मानिसहरु पनि समावेश थिए ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्