Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम

गैँडाकोट,
चितवन रेडक्रस शाखा र उपशाखाका नेतृत्व एकै ठाउँमा जम्मा भै आगामी ५ बर्षको लागि जिल्ला स्तरीय सेवा योजना र रेडक्रसको संस्थागत क्षमता वृद्धिको लागि खाका तयार गरेका छन् । खाकामा बाढी, आगलागी, बन्यजन्तुको आक्रमण, पहिरो, सडक दुर्घटना, शीतलहर जस्ता समस्या र प्रकोपहरुमा प्रभावितलाइ योजनाबद्ध सहयोग गर्ने तथा रक्तसञ्चार सेवालाइ थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

जिल्लाका ३० वटा उपशाखा र ४ वटा सहयोग समितिका ४४ जना सहभागीले कार्यक्रमको पहिलो २ दिन समुहगत छलफल गरी यो निश्कर्षमा पुगिएको शाखाका मन्त्री हरि पौडेलले जानकारी दिए । उनले भने ः यस्तै लैंगिक हिँसा घटाउने, युवा र महिला सहभागिता वढाउने तथा समावेशीकरण, सहिष्णुता अभिबृद्धिमार्फत् सामाजिक सद्भाव अभिबृद्धि गर्ने जस्ता बिषय समेत समेटिने छ ।

पौष २ गते देखि सञ्चालित ४ दिने कार्यक्रम आज ५ गते सम्पन्न भएको हो । सुभारम्भ र समापन कार्यक्रमको सभापतित्व चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले गरेका थिए ।
कार्यक्रमको पछिल्ला २ दिनमा संस्थागत क्षमता विकास, उपशाखाको कार्यक्षेत्र विभाजन, सुरक्षित पहुँच र रेडक्रस चिन्हको सम्मान अभिवृद्धि जस्ता विषयमा सहभागीले छलफल गर्नुभएको र स्थानीय स्रोत परिचालन गर्दै समुदायको संलग्नता वढाउने तथा मानवीय पीडा कम गर्ने शाखाले लक्ष्य निर्धारण गरेको सहजीकरणको लागि केन्द्रीय कार्यालयबाट पुग्नुभएका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।

कार्यक्रममा उद्घाटन सम्बोधन गर्दै नेरेसोका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भन्नु भयोः मुलुकका स्थानीय तहहरु सबल भएको परिस्थितिमा अबको रेडक्रसको काम उपशाखाले नै अगाडि बढाउनु पर्छ । कार्यक्रमको समुद्घाटन र समीक्षाको क्रममा नवलपरासी सुस्ता पूर्व शाखाका सभापति मदनभक्त अधिकारी, रेडक्रस प्रदेश ४ का सदस्य केशव सापकोटाको पनि समुपस्थिति रहेको थियो ।

जिल्ला रेडक्रसका मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउन, योजना र प्रतिवेदनलाई संस्थागत गर्न दोस्रो चरणको समुदाय सहयोग ९कोर्ड० कार्यक्रम अन्तरर्गत कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रीय कार्यालयबाट योजना शाखाका उपनिर्देशक तारादेवी गुरुड र जनार्दन पोखरेल, संगठन विभागका वरिष्ठ अधिकृत नारायण लामिछाने, कार्यक्रम अधिकृत उत्तमनाथ शर्माले सहजीकरण गर्नुभएको चितवन शाखाका परामर्शदाता जगन्नाथ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्