‘मिसेस युनिभर्स २०१९’मा बिनुले नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं : ‘टुडेज उमन मिसेस नेपाल युके’ को ४७ औं मिसेस युनिभर्स २०१९’ मा नेपालबाट बिनु लामिछानेले भाग लिने भएकी छिन्।
आगामी २२ देखि ३० डिसेम्बरसम्म चीनको गन्जाओमा आयोजना हुने ‘मिसेस युनिभर्स’ मा बिनुले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।
मिसेस नेपाल युनिभर्स २०१८ की बिजेता एवं लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल युकेको आयोजना गर्दै आएकी छिन्।
प्रतियोगिताको तयारीका लागि बिनुलाई केही दिन इन्टरनेसलन कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिइरहेका छन्।
मिसेस युनिभर्स २०१९ को लागि आफूले अहिले तयारी गरिरहेको बिनुले बताएकी छन्। बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रुपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष हुन्।