डीआईजीद्वयको सरुवा : रानिपोखरीमा पोखरेल, प्रवक्तामा फेरि थापा
प्रहरी प्रवक्ता रहेका डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । बुधबारको गृहमन्त्रीस्तरको बैठकले सरुवा सम्बन्धी निर्णय गरेको हो ।
उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । अब थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।
एसएसपीबाट डीआईजीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि पनि प्रहरी प्रवक्ताको भूमिकामा थिए ।
प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए । यस्तै डीआईजी थापा पनि पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए ।