Logo
२८ असार २०८२, शनिबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजा वीरेन्द्रको निवास हेर्न पाइने

नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् ।

यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए ।

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि खुला गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्