Logo
२१ कार्तिक २०८१, बुधबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन ।

विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या उनको भनाई थियो । ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने अर्थमन्त्री खतिवडाको बनाई छ ।

ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताए ।

आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको सन्दर्भमा समितिले बिहीवार बिकासे मन्त्रालयसँग छलफल गरेको हो ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्