Logo
२४ बैशाख २०८१, सोमबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेललाई १८ सय ब्याण्डको फ्रिक्वेन्सी, अदालतको कारण देखाउ आदेश

बोलकबोलमार्फत बुधबार एनसेलले फोरजीका लागि उपयुक्त १८ सय ब्याण्डको फ्रिक्वेन्सी हात पारेको छ । तर, बुधबार नै सर्बोच्च अदालतले फ्रिक्वेन्सी अक्सनकाविरुद्ध सिजी टेलिकमले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश पनि दिएको छ ।

फ्रिक्वेन्सी बोलकोल रोक्न माग गर्दै २६ मंसिरमा सिजीले रिट दिएको थियो । बुधबार न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासले सीजीलाई अग्राधिकार दिन आदेश दिएको छ ।

तर, बुधबार नै सरकारले एनसेललाई प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँ मूल्यमा फ्रिक्वेन्सी दिएको छ । यो ब्यान्डमा १६ मेगाहर्जको ब्यान्डविथ छ, त्यसमा ९ मेगाहर्ज एनसेलले पाउनेछ ।

बोलकबोलमा नेपाल टेलिकमलाई एनसेलले बढी मूल्य तिर्दै पछि पारेको हो । तीन चरणमा बोल कबोल भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्