Logo
७ माघ २०८१, सोमबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने अडानमा उपसभामुख तुम्बाहाम्फे

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फले संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने अडान लिएका छन् । अडान सँगै प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ ।

सत्तारुढ नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न भनेको छ । उनले सभामुखमा दाबी गरिरहेकी छन् । पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ ।

नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ ।

नेकपाले कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाइसकेको छैन ।

 

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्