Logo
७ माघ २०८१, सोमबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्य चयन गर्ने

नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ ।

कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।

१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पु¥याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् । राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिती बनेको छ ।

२ नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजपासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिती छ ।

दुई–दुई स्थान लिने गरी भागबन्डा भएपनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।

पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिन्छ ।

यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्