Logo
६ जेष्ठ २०८१, आईतबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनलाइ ‘सेल्स गर्ल’ को आरोप

इस्टोनियाका गृहमन्त्रीले विश्वकै कान्छी प्रधानमन्त्री फिनल्यान्डकी सन्ना मरिनलाई ‘सेल्स गर्ल’ भनेपछि त्यहाँका राष्ट्रपतिले नै माफी माग्नु परेको छ ।

इस्टोनियाका ७० वर्षीय गृहमन्त्री मार्ट हेल्मेले आइतबार फिनल्यान्डकी ३४ वर्षीया प्रधानमन्त्रीलाई सेल्स गर्ल भन्दै सरकार चलाउने उनको क्षमतामाथि नै प्रश्न उठाएका थिए।

‘एउटी सेल्स गर्ल अहिले प्रधानमन्त्री बनेकी छन्। अरु सडक अभियन्ता र अशिक्षितहरु क्याबिनेटमा प्रवेश गरेका छन्,’ हेल्मेले भनेका थिए। उनको यस्तो टिप्पणीपछि विपक्षीहरुले हेल्मेको राजीनामा मागेका छन्।

विवाद बढ्दै गएपछि इस्टोनियाकी राष्ट्रपति केर्स्टी कालुलाइले फिनल्यान्डका राष्ट्रपति साउली निनिस्तोसँग माफी मागेकी छन्। एजेन्सी

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्