धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका पाँच जना पक्राउ
धनुषा : शुक्रवार राति धनुषाको थिरेश्वरनाथ नगरपालिका-५ स्थित राजेश साहको घरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रहेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सचिव हंसपुर नगरपालिका-२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।