Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीप सिकाएर युवालाई रोजगारीका लागि युरोप र जापान पठाउँछु : श्रममन्त्री यादव

संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताउनुभएको छ ।

‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको प्रदेश २ स्थित आज शनिबार सर्लाहीको हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो ।

“अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहुँदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उहाँले भन्नुभयो । यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उहाँको जोड थियो । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री यादवले बताउनुभयो ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्