Logo
६ जेष्ठ २०८१, आईतबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानी प्रधानमन्त्री सिन्जो आबेले गरे भारत भ्रमण स्थगित

टोक्यो : जापानका प्रधानमन्त्री सिन्जो आबेले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् ।

भारतमा नागरिकता संशोधन विधेयकको विषयलाई लिएर हिंसात्मक आन्दोलनहरु चर्किन थालेपछि प्रधानमन्त्री आबेको भारत भ्रमण स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्री आबेले आइतबारदेखि भारत भ्रमण गर्ने कार्यतालिका बनाएका थिए । उनको भारतीय समकक्षी नरेन्द्र मोदीलाई असममा भेट गर्ने कार्यातालिका थियो । तर, अहिले असममा नागरिकता संशोधन विधेयकको विरोधमा हिंसात्मक आन्दोलन भइरहेको छ ।
बिहीबार असममा कर्फ्यू तोडेर जनताहरु सडक उत्रिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ ।

अब जापानी प्रधानमन्त्री आबेले आगामी भ्रमण कहिले गर्ने भन्ने खुलाइएको छैन । बिहीबार पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दुईपक्षीय सहमतिका आधारमा भ्रमण स्थगित गरिएको र फेरि सहमतिकै आधारमा भ्रमणको नयाँ मिति सार्वजनिक गरिने बताएका थिए ।

 

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्