Logo
२ आश्विन २०८२, बिहीबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा बिहानै बाट बर्षा, हिमपातसँगै देशभर चिसो बढ्योः मुस्ताङका खोलामा पानी जम्यो

पश्चिमी वायुको प्रभाव सँगै काठमाडौंमा बिहानै हल्का पानि परेको छ । यो सँगै देशैभरको जनजीवन प्रभावित भएको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । त्यस्तै भपश्चिम पहाडी र तराई क्षेत्रमा पानी परेको छ । आज उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

भोलि देखि मौसममा सुधार हुँदै जाने पनि महाशाखाले जनाएको छ । यसपालिको पश्चिमी वायुको प्रणाली बलियो भएकाले अत्यधिक चिसो हुने छ । भोलिसाँझदेखि भने यसको प्रभाव घट्दै जानेछ ।

यसैबीच हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

यस्तै चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यस्तै आज बिहानैदेखि रुकुम पश्चिम र रुकुम पुर्व दुवै जिल्लामा पानी परिरहेको छ । भारी बर्षाले ह्वात्तै चिसो बढाएको छ ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्