Logo
१५ चैत्र २०८०, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाइ अभद्र ब्यवहार गरेको आरोपमा गढिका एक युवामाथि मुद्दा दायर

प्रदेश एक स्थित सुनसरीको गढि गाउँपालिका २ बस्ने बर्स ३० का राजेश ऋषिदेवले प्रहरीलाई अपशब्द प्रयोग गर्नुकासाथै अभद्र ब्यवहार गरेको भन्दै उनलाई पक्राउ गरि प्रहरीले अभद्र ब्यवहारको मुद्दा दायर गरेको छ ।

ऋषिदेवले १ बर्स अगाडि गत कार्तिक महिनामा स्थानीय बिवाहित एक महिला लाई भगाएका थिए । सो घटनाको बिषयमा बिवाहित महिलाका आफ्न्तले खोजी तलासि गरिपाउ भनि दुहबी प्रहरीमा किटानी
जाहेरी दिएका थिए । केहि दिन अगाडी मात्र फरार ऋषिदेव आफ्नो घरमा आएको प्रहरीले गोप्य सुचनाको आधारमा मंसिर २२ गते आईतबार उनको घरमा पक्राउ गर्न जाँदा प्रहरी माथी अपशब्द प्रयोग गर्नुकोसाथै अभद्र ब्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको दाबी छ ।

प्रहरीका अनुसार ऋषिदेवको घरमा खानतलासि गर्ने क्रममा ऋषिदेवको घरबाट अन्दाजी ३ सय ग्राम गाँजा
समेत बरामद गरेको र ऋषिदेवलाई अभद्र ब्यवहार को मुद्दा चलाइ १० दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको
ईलाका प्रहरी कार्यलयकाका प्रहरी निरीक्षक प्रबिण कार्कीले जानकारी दिएका छन ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्