Logo
८ बैशाख २०८१, शनिबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम मिस उदयपुरको सहभागीहरुलाई ‘क्लोज क्याम्प’ शुरु

देबराज राई,उदयपुर, मंसिर २६
युवतीहरु बीचको सौन्दर्यसँगै र बौद्धिक, प्रतिभालाई प्रस्फुटन गर्न ‘प्रथम मिस उदयपुर’ हुने भएको छ । उदयपुरका चारवटै नगरपालिकाबाट अडिशन गराई छानीएका बिभिन्न १८ जना प्रतिस्पर्धीहरुका लागि शुक्रबारदेखि ‘क्लोज क्याम्प’ थालिने भएको छ ।
बिहीबार सदरमुकाम गाईघाटस्थित नेपाल सुनचाँदी व्यवसायी संघको सभाहलमा आयोजित समारोहबीच त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीले क्लोज क्याम्प उद्घाटन गरेकी हुन् । शुक्रबारदेखि हुने बन्द प्रशिक्षण तीन हप्तासम्म चल्ने आयोजक ताल डान्स हाउस्का सञ्चालक एमजे मिथुनले जानकारी दिए ।

इभेन्ट्स प्रस्तोता विङ्स इन्टरटेन्मेन्ट रहने प्रतियोगिताकाको सहभागीहरुलाई क्लोज क्याम्पमा रहदा सौन्दर्य ज्ञानसँगै चौतर्फी ज्ञानमूलक प्रतिभा निखारका लागि प्रशिक्षण गराइने अफिसियल कोरियोग्राफर निशान लिम्बूको भनाई छ । सहभागी छनोटका लागि रामपुर मंसिर १७, बेल्टार १८, कटारी २१ र गाईघाटमा २४ गते अडिशन भएको थियो ।

प्रतियोगिताको विजेताले १५ लाखको जीवन बीमा टर्म इन्स्योरेन्स सेवा पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतिस्पर्धीका लागि क्रमश १० र ५ लाखको जीवन बीमा टर्म इन्स्योरेन्स सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ । त्यसैगरी विजेताले १ वर्षका लागि मोडलिङ कन्ट्र्याक्टमा साईन गर्न पाउनेछन् । त्यस्तै इभेन्टन्स् म्यानेजमेन्ट संस्था विङ्स इन्टरटेन्मेन्टको समन्वयमा हुने बिभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत सहभागी गराइनेछ । त्यस्तै विजेताले ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । यता बिभिन्न बिधामा उत्कृष्ट १० जनाका लागि तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका दिइनेछ । प्रतिस्पर्धामा १६ देखि २४ वर्ष उमेर समूहका युवतीहरु सहभागी छन् ।

उद्घाटन कार्यक्रममा उपमेयर चौधरीसँगै त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईली, उदयपुर कांग्रेस नेतृ गीता फूयाल, समाजसेवी राजकुमार शर्मा, त्रियुगा एक्सप्रेसका कार्यकारी सम्पादक देबराज राईलगायतको उपस्थिती थियो । त्यस्तै मिस लिटिल आईकन २०१७ की बिजेता सभ्यता कार्की र २०१६ की विजेता सुधा राउतको पनि उपस्थिती थियो ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्