Logo
१२ बैशाख २०८१, बुधबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम चौमासिकको प्रगति अनुगमन शुरु

तनहुँका स्थानीय तहमार्फत भइरहेका कामका बारेमा जानकारी लिने उद्देश्यले जिल्ला समन्वय समितिले अनुगमन शुरु गरेको छ ।

जिल्लाका दशवटै स्थानीय तहले चालू आव २०७६/७७ का चार महिनाको अवधिमा गरेका कामका बारेमा जानकारी लिन अनुगमन शुरु गरिएको समन्वय समितिले जनाएको छ ।

चालू आवका लागि स्वीकृत भएको बजेट, योजनाको कार्यप्रगति बुझ्न स्थानीय तहको अनुगमन थालिएको समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिए ।

उनका अनुसार म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका र भीमाद नगरपालिकामा प्रथम चौमासिकको प्रगति बुझ्न अनुगमन भइसकेको छ भने अन्य स्थानीय तहमा पनि क्रमशः अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा विकास योजना र दैनिककार्य सञ्चालनमा आइपरेका समस्याबारे जानकारी लिई सम्बन्धित निकायमा समाधानका लागि पठाइने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहले गत आर्थिक वर्षमा सम्पन्न गरेका विकास योजनाको पनि अनुगमन गरिएको छ ।

अनुगमनमा समन्वय समितिका प्रमुख वाग्लेसहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीलगायत सदस्य विभिन्न स्थानीय तहमा पुग्नुभएको छ ।

जिल्ला समन्वय समितिलाई जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र सोको अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय तह र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्