Logo
१३ बैशाख २०८१, बिहीबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG फुटबल : बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, स्वर्णका लागि भुटानसँग भिड्ने

काठमाडौं– १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।

नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जितेको थियो । सन १९९९ र २०१६ मा स्वर्ण जितेको थियो ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्