Logo
७ बैशाख २०८१, शुक्रबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई फेरि समर्थन गर्दै राजपा : महन्थ ठाकुर सभामुख बन्ने पक्का-पक्की!

प्रधानमन्त्री केपी शर्मा ओली एपेण्डिसाईटिसको शल्यक्रियापछि अस्पतालबाट हिजोमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएलगत्तै राजनीतिक भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।

यो बीचमा राजपाले पनि सरकारलाई समर्थन गर्ने हल्ला चलिरहेको छ । यसको पछाडिको रहस्य भनेको सभामुख पदमा पावर शेयरिङ नै मुख्य कुरा हो भन्ने बुझिन्छ ।

राजपाले सरकारलाई समर्थन गर्ने एउटै शर्त भनेको सभामुख आफ्नो पार्टीबाट बनाईनुपर्ने रहेको छ । राजपाको उक्त मागप्रति नेकपाका अध्यक्ष दाहाल सकारात्मक छन् ।

अर्का अध्यक्ष ओली पनि यसमा सहमत हुनसक्ने आँकलन गरिएको छ । समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरिरहेको बेला मधेशवादी दलको समर्थन सरकारमा रहिरहोस भन्ने ओली र दाहालको चाहना छ ।

त्यसैले पनि नेकपाको नेतृत्व सभामुख राजपालाई दिन राजी हुने बुझिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच पछिल्लो समय सकारात्मक वार्ता तथा छलफल चलिरहेको छ ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि सभामुख पद रिक्त भएको हो । अहिले सभामुख चयन गर्नुपर्ने चटारो छ ।

प्रधानमन्त्री ओलीले यसको लागि आन्तरिक गृहकार्य गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यसबारेमा आन्तरिक सहमति बनाईसकेको स्रोतको दाबी छ ।

सकेसम्म नेकपाभित्रैबाट सभामुख बनाउनुपर्ने दबाब पार्टीभित्रबाट आएपनि अध्यक्षद्धय ओली र दाहालले यसबारेमा ठोस निर्णय गरिनसकेको स्रोतको दाबी छ ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार अहिले नेकपाबाट डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

उनले ओलीले उपसभामुखबाट राजीनामा दिनको लागि गरेको आग्रहसमेत अस्विकार गरेकी छिन् । उनले आफूले नै सभामुख पाउनुपर्नेसमेत माग गरेकी छिन् ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्